गृहमन्त्री बादललाई गृहजिल्ला चितवनमा कालोझण्डाले स्वागत !

सफल खबर संवाददाता

सोमबार, २० पुस २०७७, १३ : ५३
गृहमन्त्री बादललाई गृहजिल्ला चितवनमा कालोझण्डाले स्वागत !

चितवन । नेकपा विभाजित बनेपछि नेता कार्यकर्ता एकापसमा विभाजित रहेका छन् भने एकले अर्काको चर्को आलोचना गर्दै भाषण र वक्तव्यबाजी गर्नु सामान्य भइसक्यो । 

जब प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको घोषणा गरे सोही दिनदेखि उसैत विवादले घेरिएको नेकपा विभाजित नै बनेको हो । विभाजित बनेसँगै पूर्वमाओवादी निकटका केही नेता केपी ओलीतिर लागे भने केपी ओली अर्थात पूर्व एमालेका धेरै नेता प्रचण्ड  - माधव नेपाल समूहतिर लागे । 

प्रचण्ड समूहमा पूर्वएमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनालदेखि प्रभावशाली नेता लाग्दा बादल भने पूर्वमाओवादीका बादल अर्थात हालका गृहमन्त्री रामबहादुर थापा भने ओलीतिर लागेका हुन् । 

उनी ओलीतिर लाग्नुको कारण पदकै लोभ भएको बताइएको छ भने उनको निर्णयबाट गृहजिल्ला चितवनका नेता कार्यकर्ता आmत्रोशित बनेका छन् । 

आजै मात्रै चितवनमा आएका उनलाई कार्यकर्ताले कालो झन्डा देखाएका छन् । भरतपुर बिमानस्थल परिसरमा कार्यकर्ताले बादल लाल गद्दार असंबैधानिक कु का मतियार लेखेको ब्यान सहीतको बेलुन उडाएर बिरोध गरेका हुन् । 

यस्तै भरतपुरको हाकिम चोकमा उनलाई कालोझण्डा पनि देखाइयो । उनी ओली गुटको कार्यक्रममा सहभागी हुन आएका हुन् भने प्रचण्ड समूहले पनि छुट्टै कार्यक्रम राखेको छ।  बादल गृहजिल्लामा निकै कमजोर बनेका छन् । 

 

प्रतिक्रिया दिनुहोस