बुटवल । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईलाई दाङमा कालो झण्डा देखाइएको छ । भट्टराई बसेको होटल नजिक पुगेर राजावादी समर्थकहरुले कालोझण्डा देखाउँदै प्रदर्शन गरेका हुन् ।
राजावादी युवा समर्थक सन्देश भण्डारी क्षेत्री नेतृत्वको टोलीले कालो झण्डा देखाउँदै प्रदर्शन गरेका थिए ।उनीहरुले ‘संघीयता खारेज गर, धर्मनिरपेक्ष खारेज गर’ लगायतका नारा लगाएका थिए । उनीहरुले पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध पनि नारा लगाएका थिए ।
प्रदर्शनमा उत्रिएका व्यक्तिहरुले बोकेको कालोझण्डा प्रहरीले खोसेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ चैत्र २०८१, १५ : ०८
लेखकबाट थप