अब विकास निर्माणमा कसैले चिन्ता नगर्नुस् : पूर्वप्रम खनाल

शनिबार, ०३ चैत्र २०७४, २० : २७
अब विकास निर्माणमा कसैले चिन्ता नगर्नुस् : पूर्वप्रम खनाल

मंगलबारे । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब बन्ने सरकार स्थायी हुने भएकाले देशमा दिगो विकास हुने बताउनुभएको छ ।
इलामको सूर्योदय नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कपको फाइनल खेलका अवसरमा इलाम आउनुभएको उनले यस्तो बताएका हुन् । “वाम गठबन्धनको सरकार स्थायी र विकासप्रेमी हुन्छ”, उनले भने, “विकास निर्माणमा कसैले चिन्ता नगर्नुस् ।”
अब देश समृद्धिको दिशातर्फ अघि बढेको बताउँदै पूर्वप्रधानमन्त्री खनालले जनतालाई समेत विकास निर्माणमा चासो राख्न आग्रह गरे ।
स्थानीय सरकारले प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा उनको थियो । सहकार्य गरेर दिगो विकास र समृद्धिको दिशातर्फ लाग्न उनले जनप्रतिनिधिलाई आग्रहसमेत गरे ।
फरक प्रसंगमा उनले इलाम र सूर्योदय नगरपालिकालाई खेलकूद क्षेत्रमा विकास गराउन आफूले सक्दो प्रयास गर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस