काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव पेश भए सामना गर्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उहाँले केन्द्रमा जे जस्तो विवाद भए पनि प्रदेशभित्र सरकार सञ्चालनमा मिलेर जानुपर्ने पक्षमा आफू रहेको भन्दै अविश्वासको प्रस्ताव नै आए सामना गर्नुको विकल्प नरहेको बताउनुभयो ।
उहाँले प्रचण्ड–माधव समूहलाई केन्द्रमा झगडा भए पनि प्रदेशमा मिल्नुपर्छ भन्दै मिलेर जान आग्रह गरिरहेको बताउनुभयो । साविकको माओवादी केन्द्र र नेकपा एमाले अलगअलग भएर नै प्रदेशमा सरकार बनाएको भन्दै अरुलाई उदाहरण देखाउन पनि अहिले गण्डकी प्रदेशमा मिलेर जान आग्रह गरेको मुख्यमन्त्री गुरुङको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १८ पुस २०७७, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो सरकारले ६ महिनाभित्र देखिने गरी यही काम गर्यो भन्ने छैन : सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय एकता बलियो बनाउन सामाजिक सञ्जाल विधेयक : सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउँछौ : सञ्चारमन्त्री गुरुङ
जनतालाई अनुभूत हुनेगरी विकास-निर्माणका काममा सरकार क्रियाशील छ : सञ्चारमन्त्री गुरुङ
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ
आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छः सञ्चारमन्त्री गुरुङ