काठमाडौँ । शुक्रबार आज देखि अंग्रेजी नयाँ वर्ष शुरु भएको छ । ग्रेगोरियन पात्रो अनुसार इस्वी सम्वदको नयाँ वर्ष सन् २०२१ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वदको सुरुवात भएको भन्ने मान्यता छ ।
पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सम्वतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवम ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटी बताउँछन् ।
नेपालमा अंग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ । काठमाडौँको ठमेल, बौद्ध, पोखरा, चितवन, धरान लगायत देशभरि नै विशेष कार्यक्रमको आयोजना गरि नयाँ वर्ष मनाईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ पुस २०७७, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वभर नयाँ वर्ष मनाइँदै, पुटिन र जेलेन्स्कीले यस्तो भने ?
नयाँ वर्ष मनाउन पोखरामा पर्यटकको घुइँचोः ८० प्रतिशत होटल ‘अकुपेन्सी’, फेवा महोत्सव दोस्रो ‘ब्रान्ड’