अक्सफोर्डको खोपलाई बेलायतले दियो स्वीकृति

एजेन्सी

बुधबार, १५ पुस २०७७, १३ : १५
अक्सफोर्डको खोपलाई बेलायतले दियो स्वीकृति

फाइल तस्विर

लण्डन । कोरोना भाइरस (कोभिड १९) विरुद्ध अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले विकास गरेको खोपलाई बेलायतले सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।

कोरोना भाइरस विरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका नामक खोपलाई बेलायतको नियामक निकाले बुधबार स्वीकृति प्रदान गरेको हो ।

बीबीसीका अनुसार, बेलायतले खोप उत्पादक एस्ट्राजेनेकासँग खोपको १० करोड डोज अर्डर गरेको छ । जसले पाँच करोड मानिसलाई खोप दिन पुग्छ ।

अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप सुरक्षित र प्रभावकारी रहेको भन्दै नियामक निकायले स्वीकृति प्रदान गरेको हो । यो खोपले स्वीकृति पाएसँगै वेलायती जनतामा राहतको सञ्चार भएको छ ।

प्रतिक्रिया दिनुहोस