झलनाथ खनालले केपी ओलीलाई सोधे–खोइ पानीजहाज ?

सफल खबर संवाददाता

मंगलबार, १४ पुस २०७७, १५ : २५
झलनाथ खनालले केपी ओलीलाई सोधे–खोइ पानीजहाज ?

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीलाई खोइ पानीजहाज भनेर प्रश्न गरेका छन् । 

संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै खनालले भने, ‘पानी जहाज आउँछ, घरघरमा ग्यास पाइप जोडिन्छ भनेर गफ दिने केपी ओलीलाई म सोध्न चाहन्छ, खोइ पानी जहाज ? खोइ ग्यास पाइप ?

उनले पार्टीलाई ओलीले भर्‍याङ मात्र बनाएको भन्दै खनालले भने, ‘पार्टीका नीति बिर्सनुभयो, एकलौटी ढंगले मन्त्रिपरिषद् बनाउनुभयो, नीति कार्यक्रम ल्याउनुभयो ।’

प्रतिक्रिया दिनुहोस