विप्लव समूहले केपी ओलीविरुद्ध चार पार्टीको संयुक्त रणनीतिक मोर्चा बनाउने

सफल खबर संवाददाता

मंगलबार, १४ पुस २०७७, १३ : ०४
विप्लव समूहले केपी ओलीविरुद्ध चार पार्टीको संयुक्त रणनीतिक मोर्चा बनाउने

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अन्य तीन साना कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने भएको छ ।

विप्लव नेतृत्वको नेकपासहित चार साना कम्युनिस्ट घटकहरुले केपी ओली सरकारको निरंकुशता, फसिवाद दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासका लागि रणनीति मोर्चा बनाउने भएका हुन् ।

मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन बैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी०, ऋषिराम कट्टेलको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानकि समाजवादी कम्युनिस्ट पार्टी रहने भएका छन् । 

विप्लव, वैद्य, कट्टेल र आहुतीले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै रणनीतिक मोर्चाको अवधारणा, संरचना र आगामी कार्यक्रम चाडै सार्वजनिक गर्ने जनाएका छन् ।

उनीहरुले अहिलेको समस्याको समाधान संसद पुनर्स्थापना वा मध्यावधि निर्वाचन हुन नसक्ने ठहर पनि गरेका छन् । 

प्रतिक्रिया दिनुहोस