आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

मंगलबार, १४ पुस २०७७, ०८ : ५२
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारदेशका अधिकांश क्षेत्रको मौसम सफा रहेन  जनाएको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि देशका अधिकांश क्षेत्रमा मौसम सफा नै रहने भएको हो ।

अहिले देशको पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराई भू–भागमा हुसु र कुहिरो लागेको छ । मंगलबार दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।

राति सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस