काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिको विकाससँगै नेपाली पत्रकारिता क्षेत्रलाई आधुनिकतासँग जोड्नुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ (तत्कालीन सङ्घ) का संस्थापक सत्यनारायणबहादुर श्रेष्ठको १०५औँ स्मृतिका अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा यहाँ सोमबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले नेपाली पत्रकारिता क्षेत्रलाई आजको युगसुहाउँदो बनाउनुपर्ने बताए ।
मन्त्री गुरुङले २००८ सालमै महासङ्घको स्थापना गरेर श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलन र पत्रकारिता क्षेत्रको विकासमा पुु¥याउनुभएको योगदान उल्लेखनीय रहेको बताए ।
सरकारका प्रवक्ता गुरुङले महासङ्घलगायत सरोकार निकायसँग छलफल गरेर महासङ्घका संस्थापक अध्यक्षबारे आवश्यक निर्णय लिइने जवाफ दिए ।
पत्रकार राष्ट्रिय दबूूका अध्यक्ष सुरवीर बज्राचार्यले श्रेष्ठलाई नै महासङ्घको संस्थापक अध्यक्ष घोषणा गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए। उपाध्यक्ष दिलीप थापा मगरले श्रेष्ठ महासङ्घका संस्थापक अध्यक्ष थिए भन्ने प्रमाण आफ्नो संस्थाले नै खोज्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १३ पुस २०७७, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल पत्रकार महासङ्घको निर्वाचन तालिका संशोधन
२०८० सालमा प्रेस स्वतन्त्रता हननका ६४ वटा घटना