काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । सार्वजनिक कार्यतालिका अनुसार मङ्सिर २१ गते शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।
त्यसैगरी मङ्सिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने मतदान मङ्सिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ । प्रदेश समितिको मनोनयन मङ्सिर २४ गते जिल्ला शाखा र प्रतिष्ठान शाखाको मङ्सिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउनुहुन सम्बन्धित निर्वाचन समितिलाई अनुरोध समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ मंसिर २०८१, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल पत्रकार महासङ्घको निर्वाचन तालिका संशोधन
२०८० सालमा प्रेस स्वतन्त्रता हननका ६४ वटा घटना