काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचन समितिले असार ७ गते सार्वजनिक गरेको निर्वाचन तालिका संशोधन गरिएको छ ।असार २२ गते हुने समयलाई यथावत् राखेको छ भने असार १३ गते हुने उम्मेदवारी दर्ताको समयलाई असार १५ गतेका सारिएको छ ।
मतदाताको अन्तिम नामावली प्रकाशन असार १४ गतेका लागि राखिएको छ । उम्मेदवारको नामावली प्रकाशन असार १५ गते साँझ आठ बजे गर्ने भएको छ । उम्मेदवार उपरको दाबी विरोध गर्ने समय असार १५ गते आठ बजेदेखि असार १६ गते बिहान ११ बजेसम्म राखिएको छ ।
उम्मेदवारको मनोनयपत्र फिर्ता लिने समय असार १६ गते बिहान ११ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली सोही दिन दिउँसो २ बजेको लागि राखिएको छ ।असार २२ गते बिहान ९ बजेदेखि पाँच बजेसम्म चुनाव हुन्छ भने मतगणना चुनाव सम्पन्न भएपछि हुने नेपाल पत्रकार महासङ्घको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असार २०८१, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२०८० सालमा प्रेस स्वतन्त्रता हननका ६४ वटा घटना