चिनियाँ नेता कुओ येचौं किन आउँदैछन् नेपाल ?

सफल खबर संवाददाता

आइतबार, १२ पुस २०७७, ०८ : १६
चिनियाँ नेता कुओ येचौं किन आउँदैछन् नेपाल ?

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका चार उपमन्त्री मध्येका सबैभन्दा वरिष्ठ नेता कुओ येचौ आज नेपाल आउँदैछन् । उनीसागै अन्इ तीन चिनियाँ नेता पनि साथमा छन् । काठमाडौंका लागि वेइजिङवाट हिडिसकेका उनी छुङ्तुको बाटो हुँदै नेपाल आउन लागेका हुन् ।

औपचारिक रुपमा उनको नेपाल भ्रमणका लागि सरकार या कुनै राजनीतिक दलले निम्तो पठाएको छैन । तर उनी नेपाल आएर चार दिनसम्म काठमाडौंमा रहने टुंगो लागेको छ । नेपालमा रहदा राष्ट्रपति  विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्काे खेमाका अध्यक्षद्दय प्रचण्ड, माधव नेपाल लगायतसँग उनको टोलीले भेटने तय भईसकेको छ ।

यसको ब्यवस्थापन नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले मिलाईसकेकी छिन् । तीन वर्ष यता नेपालका दुई   ठूला कम्युनिष्ट पार्टी वीचको एकता र त्यसपछि बनेको सवैभन्दा ठूलो दल नेकपाको संसदमा झण्डै दुई तिहाई बहुमत रहेर ५ वर्षका लागि स्थीर सरकारको नेतृत्व गरिरहेको नेकपामा आएको विभाजन पछि चिनियाँ यी नेता नेपालको राजनीतिक संकटका बारेमा अध्ययन गर्ने उदेश्यले आउन लागेको हो ।

चिन नेपालको कम्युनिष्ट पार्टी टुक्रिएको हेर्न चाहादैनथ्यो । यहाँको सत्तारुढ दलमा विगत झण्डै एक वर्ष देखि बढेको विवादलाई नजिकबाट नियालेपनि विभाजनकै तहमा पुग्ने र प्रधानमन्त्री केपी ओलीबाट फेरि अस्थीरता निम्तने गरी संसद नै विघटन गर्ने आंकलन चिनियाँ पक्षले गरेको थिएन ।

तर हठात् उनीहरुले पनि सोच्नै नसकेको घटनाक्रम नेपालमा बिकासित भएर गयो । प्रधानमन्त्री ओलीले पार्टीभित्रको संकट ब्यवस्थापन गर्न नसकेर संसद विघटन को निर्णय लिए । नेकपा विभाजन भयो ।

यो सँगै नेपालको अवस्था संविधान निर्माण अगाडीको अवस्थामा पुगेको विश्लेषण चिनियाँ पक्षको छ । संसद विघटन हुनु र नेकपामा आएको विभाजनले नेपालमा राजनीतिक अस्थिरता बढ्ने देखेपछि नेपालको राजनीतिक घटनाक्रमका बारेमा जानकारी लिने उदेश्यले उपमन्त्री कुओ येचौ नेतृत्वको टोली नेपाल आउन लागेको हो  ।

नेपालमा चीनले स्थिर सरकार, सुसासन र विकास होस भन्ने सदासयता राख्ने गर्दछ । दुई छिमेकी मुलुक भध्ये भारत नेपालमा अस्थिरता, अराजकता देखिएमा आफनो प्रभाव मजवुत बनाउन सक्ने ठान्छ भने त्यसको ठीक उल्टो चीनले स्थीरता, सुसान र विकास होस भन्ने चाहान्छ ।

पछिल्लो घटनाक्रमले नेपाल मा दिक्षिणी छिमेकी मुलुक भारतको र त्यसमाथी पनि पश्चिमाहरुको प्रभुत्व बढन सक्ने आकलन चिनको देखिन्छ । त्यही भएर पनि अझै पनि नेकपाको एकता जोगाउन सकिन्छ की भन्ने चीनको प्रयास देखिन्छ । नेकपाभित्रको विभाजन के कति कारणले भएको हो ? अझै यसलाई एकतावद्ध बनाउन सकिन्छ, सकिदैन भन्ने विषयमा कुओ नेतृत्वको टोलीले फिल्डमै रहेर नेकपाका शीर्षस्थ नेताहरु दुवै पक्षकासँग भेटवार्ता गरेर बझुने उदेश्यले कुओ नेतृत्वको टोली नेपालमा आउन लागेको हो ।

यो टोली आजै अपरान्ह काठमाडौं उत्रेसागै राजनीतिक भेटघाटमा जुटिहाल्ने दुतावास स्रोतले बताएको छ । नेपालको कम्युनिष्ट सरकार चीनतिर ढल्किरहेको विगतमा आरोप लाग्दै आएको थियो । खासगरी नेपाल र चीनका दुई कम्युनिष्ट पार्टीको वीचमा विकास भएको भाइचारा सम्वन्ध,  गतवर्ष असोजमा नेकपाको स्कुल विभाग र चिनको अन्तर्राष्ट्रिय विभागका तर्फवाट काठमाडौंमा भएको कार्यशाला, कार्यशालामा सि जिनफिङ पथ बारेको वैचारिक राजनीतिक प्रशिक्षण, लगत्तै चीनका राष्टपति सीको नेपाल भ्रमण लगायतका कारण पनि नेपालको कम्युनिष्ट पार्टी चीन तिर ढल्किएको विश्लेषण हुँदै आएको थियो । दक्षिणी छिमेकी मुलुक भारतसँगको सिमा विवादका कारण सम्वन्धमा खटपट भईरहेका वेला चीनीयाँ सँगको सम्वनध विकासले पनि सो खालको विश्लेषण हुदै आईरहेको थियो ।

चीनले पनि नेपालमा स्थिरता, सुसासन र विकासका लागि नेकपाको झण्डै दुई तिहाई जनमतको सरकार आफनो लागि पनि भरपर्दाे शक्ति हुने विश्वासका साथ सम्वन्ध विकास गरेर लैजान चाहेको थियो ।  चीनले लामो समयसम्म दरवारलाई विश्वास गरेको थियो । गणतन्त्र स्थापना पछि भरपर्दाे शक्ति उसले एक भएको कम्युनिष्ट पार्टीलाई मान्दै र ठान्दै आएको थियो ।

नेकपामा विवाद देखिदा पनि यसको ब्इवस्थापन मिलाउन नेपालस्थित चिनियाँ राजदुत होउ यान्छीको सक्रियता र दौडधुप निक्कै बाक्लो थियो । 

तर पछिल्लो पटक भने पार्टी विभाजन पछि राजदुत यान्छीको दौढधुप फेरि बाक्लिएको छ । यसलाई चीनको नेपालप्रतिको चिन्ता र सक्रियताका रुपमा अथ्याइने गरिएको छ ।

अहिले नेकपा विभाजन भएसँगै फेरि राजदुत यान्छीले नेकपाका नेताहरुसँगको दौडधुप निक्कै बाक्लो बनाइन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्षद्दय पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, गृहमन्त्री रामवहादुर थापा, स्थायी समिति सदस्यहरु वर्षमान पुन देखि कृष्णबहादुर महरासम्म भेट गरेकी थिइन् ।

यी भेटमा नेकपाको अझै एकता कति सम्भव छ भन्ने उनको चासोको विषय थियो । अध्यक्ष प्रचण्डसँग उनले नेकपाको एकता गराउन अब सम्भब छ / छैन भनी जिज्ञासा राखेकी खुमलटार स्रोतले बताएको छ ।  तर प्रचण्डले पार्टी विभाजन आफ्नो पक्षले नभई ओली पक्षले गरेको र एकता टाढा पुगिसकेको भन्दै यो विभाजनको कारण भित्र एमसिसि देखि विआरआई सम्मलाई हेर्ने दृष्टिकोण र पश्चिमाहरुको सम्मको  नेपालमा भईरहेको चलखेल कारण रहेको विषयमा श्रृखलावद्द रुपमा आफनो धारणा राखिदिएको स्रोतले बताएको छ ।

‘चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीको नेतृत्वमा आउने टोलीले यहाँ रहदा सत्तापक्षको नेकपा र सत्तावाहिरको नेकपाका दुवै टोलीका शीर्षस्थ नेताहरुसँग भेटघाट गर्ने र त्यसका लागि समय लिने काम भएको छ, नेकपाका एक स्थायी समिति सदस्यले भने,–‘उहाहरु ग्राउन्डमै आएर नेकपा विभाजनको अवस्था के रहेछ भनेर बुझन खोज्नु भएजस्तो लाग्छ ।’

कुओ येचौ  चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागमा ३३ वर्षदेखि कार्यरत छन् ।  सन् २०१४ देखि उनी त्यहाको कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागमा उपमन्त्रीका रुपमा कार्यरत छन् । चीनयाँ कम्युनिष्ट पार्टीको अन्तराष्टिय विभागका चार जना उपमन्त्रीमध्ये कुओ येचौ सबैभन्दा सिनियर नेता हुन् । 

प्रतिक्रिया दिनुहोस