आज मन्त्रीपरिषद बैठक बस्दै, समसामयिक राजनीतिक घटनाक्रम बारे छलफल हुने

सफल खबर संवाददाता

शुक्रबार, १० पुस २०७७, १३ : १७
आज मन्त्रीपरिषद बैठक बस्दै, समसामयिक राजनीतिक घटनाक्रम बारे छलफल हुने

काठमाडौँ  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् । ओलीले शुक्रबार बेलुका ६ बजेका लागि बैठक बोलाएका हुन् ।

संसद विघटनपछि पहिलोपटक मन्त्रीपरिषद बैठक बस्न लागेको हो । गएको आइतबार प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद मार्फत प्रतिनिधिसभा विघटनको सिफारिस गराई राष्ट्रपति समक्ष लगेका थिए ।

सोही दिन राष्ट्रपतिले संसद विघटन गरेकी थिइन् । त्यसपछि प्रचण्ड–नेपाल खेमाका सात मन्त्रीले राजीनामा दिएका छन् ।

बेलुका बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम बारे छलफल हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस