आज कति छ सुनचाँदीको मुल्य ?

सफल खबर संवाददाता

शुक्रबार, १० पुस २०७७, ११ : ०६
आज कति छ सुनचाँदीको मुल्य ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको भएको छापावाल सुन शुक्रबार रु १ सय बढेर ९४ हजार २०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ।  बिहीबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस