आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शुक्रबार, १० पुस २०७७, ०८ : ५८
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले  शुक्रबार  पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम भने सफा रहने  जनाएको छ ।

अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ । तर तराई र पहाडका केही भू–भागमा हुस्सु–कुहिरो लागेको छ । शुक्रबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी क्षेत्रमा मौसम केही प्रभावित हुने देखिएको हो । यसैगरी राति प्रदेश १ मा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस