मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने प्रचण्ड माधव समूहको घोषणा

सफल खबर संवाददाता

विहीबार, ०९ पुस २०७७, १७ : ३३
मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने प्रचण्ड माधव समूहको घोषणा

काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने घोषणा गरेका छन् ।

केन्द्रीय कमिटी बैठक सकिएलगत्तै अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल र अमृतकुमार बोहोरा बल्खु पुगेर मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका हुन् ।

तत्कालीन एमालेको पार्टी कार्यालय भूकम्पले क्षतिग्रस्त बनेको बल्खुमा पार्टीको केन्द्रीय कार्यालय बनाउने घोषणा माधव प्रचण्डले गरे । त्यहाँ अहिले भग्नावशेष मात्र छ ।

अध्यक्ष नेपालले ठाउँसँग आफूहरुको सम्बन्ध गाँसिएको भन्दै पार्टीको भवन बनाउने बताए । अध्यक्ष प्रचण्डले भने सबैलाई मिलाएर पार्टीलाई एकतावद्ध बनाउँदै अघि बढ्ने बताए । 

प्रतिक्रिया दिनुहोस