प्रचण्ड माधव समूह भोलि सर्वोच्च जाने, महासचिव टुङ्गो लागेन

सफल खबर संवाददाता

विहीबार, ०९ पुस २०७७, १३ : ५९
प्रचण्ड माधव समूह भोलि सर्वोच्च जाने, महासचिव टुङ्गो लागेन

काठमाडौं । नेकपा प्रचण्ड माधव समूह भोलि सर्वोच्च अदालत जाने भएको छ । आज स्थायी कमिटी बैठकले भोलि सर्वोच्च अदालत र निर्वाचन आयोग जाने निर्णय गरेको हो । 

बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको बैठकले विहान १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोग जाने निर्णय गरेको हो । प्रचण्ड माधव समूहको सो बैठकले महासचिवको टुङ्गो लगाउन सकेन । सुरेन्द्र पाण्डे र भीम रावलमध्ये कसलाई बनाउने भन्ने विषयमा छलफल भएको र टुङ्गो नलागेको नेताहरूको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस