म्यानचेस्टर युनाईटेड  (इएफएल) कप फुटबलको सेमिफाइनलमा

एजेन्सी

विहीबार, ०९ पुस २०७७, ०८ : ५३
म्यानचेस्टर युनाईटेड  (इएफएल) कप फुटबलको सेमिफाइनलमा

एजेन्सी । म्यानचेस्टर युनाइटेड लिग (इएफएल) कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा एभर्टनलाई २–० ले पराजित गरेर म्यानचेस्टर युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो ।

अवे मैदानमा भएको खेलमा युनाइटेडका लागि अन्तिम समयमा एडिन्सन काभानी र एन्थोनी मार्शलले गोल गरेका हुन् ।८८ औँ मिनेटमा काभानीले गोल गरी टिमलाई अग्रता दिलाए ।

इन्जुरी सयमको छैटौँ अर्थात ९६ औँ मिनेटमा मार्शलले गोल गरेपछि युनाइटेड २–० ले विजयी भयो ।फाइनल प्रवेशका लागि उसले अब म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस