संसद् पुनर्बहाली नगरे गलत नजिर स्थापित : अधिवक्ता थापा

सफल खबर संवाददाता

बुधबार, ०८ पुस २०७७, १७ : ३५
संसद्  पुनर्बहाली नगरे गलत नजिर स्थापित : अधिवक्ता थापा

काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद् पुर्नबहाली नगरे गलत नजिर स्थापित हुने बताएका छन् । संसद् विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बहस गर्ने क्रममा थापाले अदालतले संसद् पुर्नबहाली गर्नुपर्ने बताए ।  संसद् विघटन गर्दा संविधान कुल्चने अवस्थाले चुनावपछि आउने सरकारले पनि विघटनको अस्त्र प्रयोग गर्ने उनको तर्क थियो।

उनको प्रधानमन्त्रीलाई प्रश्न थियो, ‘संसदप्रति उत्तरदायी हुने सरकारले संसदमा फेस नगरी संसद् विघटन गर्न कसरी सक्छ ?’ सर्वोच्चमा बहस गर्दै अधिवक्ता थापाले संसदप्रति सरकार उत्तरदायी हुने संविधानको धारा ७६ को उपधारा १० लाई प्रधानमन्त्री केपी शर्मा ओलीले उल्लंघन गरेको उनको आरोप थियो । 

आफूपक्षीय केन्द्रीय सदस्यको भेलामा प्रधानमन्त्रीले ‘पिलो निचोर्दा, तौल नघट्ने’ बताएका थिए। त्यसैतर्फ संकेत गर्दै थापाले भने, ‘संविधानलाई प्रधानमन्त्रीले निचोर्दा संविधानको तौल पनि घट्दैन।’ प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमलाई अदालतले मान्यता दिए निर्वाचनको औचित्य नहुने टिप्पणी अधिवक्ता शम्भु थापाले गरेका छन्।

प्रतिक्रिया दिनुहोस