संसद पुनस्र्थापित हुन्छ, ठूलो दल हाम्रै हुन्छ : प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, ०८ पुस २०७७, १५ : १८
संसद पुनस्र्थापित हुन्छ, ठूलो दल हाम्रै हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद पुनस्र्थापित हुने दावी गरेका छन् । बुधबार संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले भने, ‘संसद पुनस्र्थापित हुन्छ, सरकार चलाउँछौँ, नेपालको सबैभन्दा ठूलो दल हाम्रै हुन्छ ।’

उनले हिजोको नेकपाको बैठक आधिकारिक बैठक भएको दावी गरे । उनले भने, ‘७० प्रतिशत केन्द्रीय सदस्य सहभागी भएको सवैले देखेका छन् । ९५ जना सांसदपनि हामीसँग छन्, अनि कुन पार्टी ठूलो हुन्छ ?’ उनले उच्च मनोवलका साथ काम गर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

उनले विदेशी मिडियाहरुले समेत नेपालको संसद विघटन असंवैधानिक भएको भनिरहेको भन्दै संविधान अनुसार नै संसद विघटन भएको भनाईप्रति संसारका संविधानविदहरु आश्चार्यमा परेको बताए । प्रचण्डले नेपालमा अस्थिरता चाहाने शक्तिले खेलिरहेको भन्दै यसका विरुद्ध सशक्त आन्दोलनका साथै कानुनी रुपमा अघि बढ्ने प्रतिवद्धता समेत जनाए ।

प्रतिक्रिया दिनुहोस