नेपाली काँग्रेसको केन्द्रिय कार्य समिति बैठक आज पनि बस्दै

सफल खबर संवाददाता

बुधबार, ०८ पुस २०७७, ०९ : ३६
नेपाली काँग्रेसको केन्द्रिय कार्य समिति बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बुधबार पनि बस्दैछ । मंगलबार देखि शुरु भएको बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक पुनः बस्न लागेको हो ।

बैठकको शुरुमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकको जानकारी गराउँदै विषय प्रवेश गराएका थिए । हिजोको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय सदस्य महेश आचार्य, डा. नारायण खड्का र एनपी साउदले धारणा राखेका थिए ।

केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

प्रतिक्रिया दिनुहोस