प्रचण्डले भने–बादल र बामदेव पनि हाम्रै समूहमा आउनुहुन्छ

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, १६ : १२
प्रचण्डले भने–बादल र बामदेव पनि हाम्रै समूहमा आउनुहुन्छ

काठमाडौँ । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल आफूहरुको समूहमा आउने दावी गरेका छन् ।

काठमाडौँको बबरमहलमा भएको प्रचण्ड माधव समूहको बैठकमा अध्यक्ष प्रचण्डले भने, ‘बादल र बामदेवलाई यो बैठकमा हेर्न चाहेका छौँ ।

उनले राजधानीमा  संविधान, नियम कानुन अनुसार आफूहरुले बैठक राखेको नेकपा नै वैधानिक भएको दावी गरे ।

उनले भने, निर्वाचन आयोगलाई म भन्न चाहन्छु । यहाँ ६५ प्रतिशत केन्द्रीय सदस्य हुनुहुन्छ । केही सदस्य बाटोमा आउँदै हुनुहुन्छ । संविधान, नियम कानुन अनुसार यो वैधानिक नेकपा हो ।’ प्रचण्डले बालुवाटारमा आज भएको भेला वैधानिक नरहेको दावी गरे । 
 

प्रतिक्रिया दिनुहोस