ओली गुटको भेलामा माओवादी खेमाका भट्टपनि सहभागी

सफल खबर संवाददाता

सोमबार, ०६ पुस २०७७, ११ : ४२
ओली गुटको भेलामा माओवादी खेमाका भट्टपनि सहभागी

काठमाडौं । पछिल्लो समय खेमा बदलेका उद्योगमन्त्री लेखराज भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गुटको भेलामा सहभागी भएका छन्।

आइतबार प्रतिनिधिसभा विघटन गराएका ओलीले सोमबार बिहान आफूपक्षको रणनीति बनाउन प्रधानमन्त्री निवास बालुवाटारमै भेला बोलाएका छन् । 

सो भेलामा पूर्वमाओवादी समूहका भएपनि पछिल्लो सयम प्रचण्डको साथ छाडेका भट्ट बैठकमा सहभागी हुन् । भट्ट ओलीकै लहरमा महासचिव विष्णु पौडेलसँगै देखिएका छन् । 

ओलीको कदमको विरोध गर्दै माधव नेपाल समूहकासहित ७ मन्त्रीले राजीनामा दिएपनि भट्टले दिएका छैनन् । यस्तै गृहमन्त्री रामबहादुर थापाले पनि राजीनामा दिएका छैनन् । तर उनी भने सो भेलामा सहभागी भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस