उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै उठाउने माओवादी केन्द्रको निर्णय

शुक्रबार, ०२ चैत्र २०७४, ०९ : १५
उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै उठाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।

सो पार्टीको बिहिबार बसेको बैठकले उनलाई नै निरन्तरता दिने निर्णय गरेको हो । अब पुनले वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा आगामी चैत ३ गते उम्मेदवारी दर्ता गराउने छन् । यस्तै उपराष्ट्रपतिको निर्वाचन भने चैत ९ गतेको लागि निर्वाचन आयोगले तय गरेको छ ।

एमाले र माओवादीबीच राष्ट्रपति र उपसभामुख एमाले तथा उपराष्ट्रपति र सभामुख एमालेले पाउने समझदारी बनेको थियो ।

सोही समझदारीअनुसार एमालेबाट राष्ट्रपतिमा विद्या भण्डारी विजयी भइसकेकी छिन् भने सभामुखमा माओवादीका कृष्णबहादुर महरा विजयी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस