काठमाडौं । खुमलटारमा आज प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा ओलीले सहमतिमा आउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओली शनिबार बिहान करिब ११ बजे खुमलटास्थित प्रचण्ड निवास पुगेर आफूविरूद्धको ‘आरोपपत्र’ फिर्ता लिएर सहमतिमा अगाडि बढ्न आग्रह गरेका हुन्।
तर प्रधानमन्त्रीको प्रस्ताव प्रचण्डले अस्वीकार गरे। उनले आफ्नो अडान कायमै रहेको भन्दै पार्टी एकतालाई बलियो बनाउन आफ्नो प्रतिवेदन उपर्युक्त रहेको जवाफ दिएका थिए।
‘बैठकमा प्रधानमन्त्री ओलीले प्रस्ताव फिर्ता लिइदिनुपर्यो भन्ने पुरानै आग्रह दोहोर्याउनु भयो,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘अध्यक्ष प्रचण्डले बैठकमा प्रस्तुत भएको प्रस्ताव फिर्ता नहुने भन्दै स्थायी कमिटी बैठकमा छलफल गरेर निष्कर्षमा पुगौं भन्नुभयो।’
खुमलटार स्रोतका अनुसार, आजको छलफलमा कुनै ठोस सहमति हुन सकेन। ‘हिजो–अस्तिकै निरन्तरता मात्र हो’ स्रोतले भन्यो, ‘चर्चा र अपेक्षा गरिएजस्तो कुनै ठोस कुरा भएन ।’
करिब एक घन्टा चलेको छलफलमा नेता वामदेव गौतम र माधव नेपाल को समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ पुस २०७७, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको भेटवार्ता
प्रधानमन्त्रीद्वारा पुल्चोक-गोन्द्राङ-६ लेन सडकको उद्घाटन, देश विकासमा पूर्वाग्रह नराख्न आग्रह
सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन: प्रधानमन्त्री ओली
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन: प्रधानमन्त्री ओली
संयन्त्र डाकेर छलफल गर्न ओली-देउवा तयार
प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने