अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ जना घाइते

सफल खबर संवाददाता

शनिबार, ०४ पुस २०७७, ११ : ५२
अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ जना घाइते

बुटवल । गुल्मीको रेसुङ्गा नगरपालिका १३ दुबिचौरमा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबीचौरमा लु१ह २७४३ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा रेसुङ्गा नगरपालिका वडा नम्बर–१२ घर भएका चालक तेजबहादुर रानाको मृत्यु भएको छ ।

गौँडाकोटबाट तम्घासतर्फ जाँदै गर्दा अनियन्त्रित भइ सडकबाट तल खसेर उक्त अटो दुर्घटना भएको हो । अटोमा सवार घाइते ४ जनामध्ये दुई जनाको गुल्मी अस्पताल र अन्य दुई जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस