दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २९ बैशाख २०८१, १४ : १८
दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु

दाङ । दाङको तुलसीपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार तुलसीपुर उपमहानगरपालिका ३ साततले खमारी भित्री सडक खण्डमा खमारीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ३ बस्ने अन्दाजी २७ वर्षीय जीवन घर्ती रहेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको  छ ।  उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । अटोमा अन्य यात्रु सवार नरहेको प्रहरीको भनाई छ ।अटो सडकदेखि करिब ३० मिटर तल खोलामा खसेको थियो ।  

प्रतिक्रिया दिनुहोस