नवलपरासीमा यात्रुवाहक बसबाट लागुऔषध बरामद

सफल खबर संवाददाता

शनिबार, ०४ पुस २०७७, ११ : ०७
नवलपरासीमा यात्रुवाहक बसबाट लागुऔषध बरामद

नवलपुर । नवलपरासी कावासोती ८ स्थित फलफुलचोकमा यात्रुवाहक बस चेकजाँच गर्दा लागुऔषध फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले शुक्रबार साँझ  सवारीसाधन चेकजाँच गर्दा बसमा लागुऔषध भेटिएको बताएको हो । 

६ ख ९६७६ नम्वरको बसमा सवार बर्दघाट नगरपालिका २ चिसापानी बस्ने बर्ष २४ को बिशाल गुरुङको साथबाट नुर्फिन १४ एम्पुल, डाईजापाम १४ एम्पुल, फेनारगन १४ एम्पुल लागु औषध फेला पारिएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

प्रतिक्रिया दिनुहोस