राष्ट्रपति भण्डारीलाई भारतका राष्ट्रपति कोबिन्दले दिए बधाई

विहीबार, ०१ चैत्र २०७४, १५ : २२
राष्ट्रपति भण्डारीलाई भारतका राष्ट्रपति कोबिन्दले दिए बधाई

काठमाडौँ । नेपालको राष्ट्रपतिमा श्रीमती विद्यादेवी भण्डारी निर्वाचित हुनुभएकामा भारतका राष्ट्रपति रामनाथ कोबिन्दले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

बहुआयामिक सहयोगात्मक भारत–नेपाल सम्बन्धलाई दुवै देशका जनताको लाभका खातिर अझ सुदृढ तुल्याउन राष्ट्रपति भण्डारीसँग सहकार्य गर्ने प्रतिबद्धता भारतका राष्ट्रपति कोबिन्दले व्यक्त गर्नुभएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस