ट्रकमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ३० मंसिर २०७७, ०९ : २६
ट्रकमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु

दाङ ।  राजमार्गमा रोकि राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोमबार राती राप्ती गाउँपालिका वडा नं. ८ बिजौरीमा भालुबाङ्गबाट लमही आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकि राखेको लु १ ख ७००६ नम्बरको ट्रकको पछाडी ठक्कर खाँदा राप्ती गाउँपालिका वडा नं. ७ निवासी २७ वर्षका अनिल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारको लागी लमही ल्याउदै गर्दा चौधरीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।