पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १२ बैशाख २०८१, १४ : ५१
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु

पोखरा । पोखरामा बसले स्कुटरलाई ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ ।पोखरा महानगरपालिका १४ चाउथेमा गएराती बसले स्कुटरलाई ठक्कर दिँदा खसीबजारकी १९ वर्षीया खुसी प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा१प १३३८ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ग२४प ३२९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

ठक्करबाट पोखरा सिमलचौरकी २१ वर्षीया दिपीका गुरुङ घाइते भएको डीएसपी शर्माले बताए । घाइते गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

स्कुटरलाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस