चितवन । करिब ९ महिनादेखि बन्द रहेको मनकामना केबुलकार सेवा पुनः संचालनमा आएको छ । मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाईमा बसेको बैठकले बजार, मन्दिर र केबुलकारको संयुक्त निर्णय अनुसार आईतबारदेखि केबलकार संचालनमा आएको हो ।
आइतबार विहान ९ बजेदेखि संचालनमा ल्याइएको केबुलकारमा बिहान ७ बजेदेखि नै यात्रु तथा भक्तजनहरु अत्यन्त उत्साहका साथ गेटमा आई लाईनमा बसिसकेका थिए । लामो समयदेखि बन्द रहेको मनकामना मन्दिर र बजार खुलेसंगै केबुलकारबाट मन्दिर दर्शन गर्न जाने भक्तजनहरुको भीड लागेको हो ।
केबुलकारले यात्रुहरुलाई पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाएर संचालनमा ल्याइएको छ । जसअन्तर्गत केबुलकारको दुबै स्टेशनमा ज्वरो मापन, मास्क अनिवार्य, लाईनमा बस्दा भौतिक दुरी, हात धुने आदि व्यवस्था मिलाईएको छ । केबुलकार सेवा क्षमताको ५० प्रतिशत (प्रति घण्टा ३३० जना) यात्रुलाई सेवा दिइने र तत्पश्चात् स्वतः प्रवेश बन्द गरिने समेत जनाएको छ ।
कोरोनापछि खुलेको केबुलकार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म संचालन गरिनेछ । तर शनिबारको दिन दर्शनार्थीहरुको चाप बढी भएमा विहान ८ बजेदेखि नै संचालनमा ल्याइने समेत ल्याईने केबुलकारले जनाएको छ ।
केबुलकार खुलेसंगै मनकामना क्षेत्र आसपासका व्यापार व्यवसायमा समेत चहलपहल देखिन थालेको छ । केबुलकारले कोरोना संक्रमणलाई ध्यानमा राख्दै नगद रहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता सेवा प्रदायक कम्पनीसंग सम्झौता गरी सकेको हुँदा यात्रुले केबुलकारको टिकट डिजिटल माध्यमबाटै खरिद गर्न सक्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०७७, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनकामना केबुलकार भोलीदेखी सञ्चालनमा आउने
मनकामना केबुलकार अब अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रणालीमा, असोज १ गते देखि सेवा पुनःसुचारु
मनकामना केबुलकार ५० दिन बन्द हुने
मनकामना केबुलकार ५० दिन बन्द हुने