काठमाडौं । गोरखामा रहेको मनकामना केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ।
मर्मत संभार र स्तरोन्नतीका लागि केबुलकार झण्डै दुई महिना बन्द गर्न लागिएको मनकामना केबुलकार प्रालिले जनाएको छ ।
नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही असार ३१ गतेदेखि आगामी असोज १० गतेसम्म केबुलकार बन्द गर्न लागिएको मनकामना केबुलकारले जनाएको छ । डिजिटल प्रणाली स्तरोन्नति र मुख्य केबुल तार (लट्ठा) समेत फेर्ने तयारी भएकाले बन्द गर्न लागिएको हो ।
मनकामना केबुलकार प्रालिले एक महिनाअगाडि नै सूचना निकालेर यात्रुलाई सेवा बन्द हुने विषयमा जानकारी गराएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८१, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनकामना केबुलकार भोलीदेखी सञ्चालनमा आउने
मनकामना केबुलकार अब अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रणालीमा, असोज १ गते देखि सेवा पुनःसुचारु
मनकामना केबुलकार ५० दिन बन्द हुने