पदमुक्त भएका प्रधानन्यायाधीस पराजुलीद्वारा राष्ट्रपति भण्डारीलाई सपथ

बुधबार, ३० फागुन २०७४, १९ : ४२
पदमुक्त भएका प्रधानन्यायाधीस पराजुलीद्वारा राष्ट्रपति भण्डारीलाई सपथ

काठमाडौँ : प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई  न्याय परिषद् सचिवालयले  पदमुक्त गरेको बताईए पनि उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाएका छन ।  

न्याय परिषदका सचिव नृपध्वज निरौलले हस्ताक्षर गरिएको पत्रमा प्रधानन्यायाधीश गोपाल पराजुलीको २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ । पत्रमा सचिवस्तरीय निर्णयबाट प्रधानन्यायाधीसलाई पदमुक्त गरिएको उल्लेख गरिएको छ ।

सो पत्रमा यस्तो लेखिएको छ, ‘सम्माननीय महोदयको ६५ (पैसट्ठी) वर्षको उमेर २०७४।४।२१ मा नै पुरा भईसकेको देखिन आएकोले आज मिति २०७४।११।३० को सचिवस्तरिय निर्णय अनुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँदछु।’

परिषद सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट बुधबार प्राप्त पत्रको आधारमा पराजुलीलाई पदमुक्त गर्ने निर्णय गरिएको न्याय परिषद्को पत्रमा उल्लेख छ ।पत्रको अन्त्यमा भनिएको छ, सम्माननीय महोदयले न्यायसेवामा र्पुयाउनु भएको योगदानप्रति हार्दिक धन्यवादका साथ सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना गर्दछु ।
 

प्रतिक्रिया दिनुहोस