राष्ट्रपतिलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण

बुधबार, ३० फागुन २०७४, ११ : ३३
राष्ट्रपतिलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

राष्ट्रपति भण्डारी मंगलबार भएको निर्वाचनमा राष्ट्रपतिको दोस्रो कार्यकालका लागि अत्यधिक मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रपति भण्डारीलाई राष्ट्रपति भवनमा शीतल निवासमा मंगलबार साँझै प्रमाणपत्र हस्तान्तरण गरे ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीमा बधाई ज्ञापन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।

निर्वाचनमा राष्ट्रपति भण्डारीले ५२ हजार ५०१ कूल मतको बहुमत अर्थात् ३९ हजार २७५ मतभार प्राप्त गरी विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७३० मतभार प्राप्त गरिन् । -रासस

प्रतिक्रिया दिनुहोस