काठमाडौं । राजधानीको माइतीघरमा आज गर्ने भनिएको राजावादीको प्रदर्शनलाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मध्यान्ह माइतीघरमा राजावादीका समुहले बृहद् प्रदर्शनको तयारी गरेका छन् ।
सो प्रदर्शनका क्रममा अप्रिय घटना हुन नपाओस् भन्ने उद्देश्यले सुरक्षा निकायले विशेष सतर्कता अपनाउँदै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो । प्रदर्शनका क्रममा राजावादीहरु विभिन्न नारा अंकित ब्यानर र प्लेकार्ड र राष्ट्रिय झण्डासहित माइतीघरतर्फ भेला हुने क्रम जारी छ ।
केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजावादीको प्रदर्शनलाई मध्यजर गर्दै काठमाडौंमा प्रदर्शन, भेला तथा जुलुस नगर्न आग्रह गरेको थियो । पछिल्ला केही दिन यता विभिन्न जिल्लामा राजावादी समुहहरुले प्रदर्शन गर्दै आईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० मंसिर २०७७, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनको चुनौती-‘राजावादी यहाँ छ, सके जेल हाल’
राजावादीहरूको प्रदर्शन हिंसात्मक भएको मानव अधिकार आयोगको निष्कर्ष
प्रहरी हस्तक्षेपसँगै राजावादीको कार्यक्रम प्रभावित
कार्यक्रम बिथोलिएपछि सम्बोधन स्थल छाडेर हिँडे राजावादी नेता
निषेधित क्षेत्र तोड्न खोज्ने केही राजावादीलाई प्रहरीले लियो नियन्त्रणमा
ज्ञानेन्द्रलाई स्वागत गर्न यस्तो छ राजावादीको तयारी