करेन्ट लागेर एक युवकको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १९ मंसिर २०७७, १२ : ५९
करेन्ट लागेर एक युवकको मृत्यु

सांकेतिक तस्वीर

गुल्मी । करेन्ट लागेर गुल्मीमा एक जना युवकको मृत्य भएको छ ।  

गुल्मीको मुसिकोट नगरपालिकामा वडा नम्वर ७ वामीटक्सार बजारका २६ वर्षीय धिरज कार्कीको गएराती आफ्नै पसलमा विद्युतको तार सर्ट भई करेन्ट लागेर मृत्यु भएको हो ।

उनको लुम्बिनी अस्पताल वामीटक्सारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।