काठमाडौं । राजसंस्था पुनःस्थापनाको मागसहित पूर्वराजाका समर्थकको प्रदर्शन मुलुकका मुख्य सहरहरूमा हुन थालेपछि गृह मन्त्रालयले विरोध र्याली, सभा, जुलुसलगायतका गतिविधि हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
निर्देशन अटेर गरिए बल प्रयोग हुने गृह मन्त्रालयले चेतावनी दिएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले राजनीतिक आन्दोलन र विरोध प्रदर्शनका नाममा महामारीलाई प्रश्रय दिने गरी कुनै गतिविधि नगर्न र प्रशासनको अनुमतिबेगर भएका गतिविधि नियन्त्रणमा लिन निर्देशन दिइएको बताए ।
केही साताअघि गृहमन्त्री रामबहादुर थापासहितको सुरक्षा बैठकले नै राजावादीका गतिविधि बढ्दै गएको र यसबाट अस्थिरता फैलाउन बल पुग्ने निष्कर्ष निकालेको थियो । बैठकमा राजावादीहरूको विरोध कार्यक्रममा विभिन्न राजनीतिक दल सम्बद्ध स्थानीय कार्यकर्तादेखि सर्वसाधारणसमेत सहभागी हुन थालेको भन्दै छलफल गरिएको थियो ।
देशका विभिन्न स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी, कांग्रेस र कतै कुनै राजनीतिक दलमा आबद्ध नभएका मानिसको समूहबाट प्रदर्शन हुँदै आएको छ । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १७ मंसिर २०७७, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनको चुनौती-‘राजावादी यहाँ छ, सके जेल हाल’
राजावादीहरूको प्रदर्शन हिंसात्मक भएको मानव अधिकार आयोगको निष्कर्ष
प्रहरी हस्तक्षेपसँगै राजावादीको कार्यक्रम प्रभावित
कार्यक्रम बिथोलिएपछि सम्बोधन स्थल छाडेर हिँडे राजावादी नेता
निषेधित क्षेत्र तोड्न खोज्ने केही राजावादीलाई प्रहरीले लियो नियन्त्रणमा
ज्ञानेन्द्रलाई स्वागत गर्न यस्तो छ राजावादीको तयारी