काठमाडौँ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले कोभिड–१९ विरुद्ध चीनले निर्माण गरेको खोप लगाएको एक अमेरिकी सुरक्षा विज्ञले दाबी गरेका छन् ।
जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई हालै उक्त खोप दिइएको बताएका हुन् ।
ह्यारी काजियानियासले एक लेख लेख्दै उत्तर कोरियाली नेता किम, वरिष्ठ सरकारी अधिकारीहरू र उनका परिवारका सदस्यहरूले चीनमा निर्माण गरिएको खोप हालै लगाएका दाबी गरेका हुन् ।
काजियानियास हाल वासिङ्टनस्थित सेन्टर फर नेसनल इन्ट्रेस्ट संस्थाको कोरिया अध्ययन केन्द्रका वरिष्ठ निर्देशक हुन् । कान्तिपुरमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १७ मंसिर २०७७, ०७ : ४६
लेखकबाट थप