प्रधानमन्त्री कार्यालयको प्रवक्तामा कुँवर

मंगलबार, २९ फागुन २०७४, १७ : ४१
प्रधानमन्त्री कार्यालयको प्रवक्तामा कुँवर

काठमाडौँ  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ताको जिम्मेवारी विनोदबहादुर कुँवरलाई दिइएको छ ।  कार्यालयका सहसचिव कुँवरलाई प्रवक्ताको जिम्मेवारी दिइएको सोही कार्यालयका सहसचिव डिल्लीराम शर्माले जानकारी गराए ।

कुँवरलाई आइतबारदेखि लागू हुने गरी कार्यालयको प्रवक्ता नियुक्त गरिएको हो ।-रासस

प्रतिक्रिया दिनुहोस