वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको संचार टोलीका सदस्यहरु सबै जना महिला हुने घोषणा गरेका छन् ।
पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता रहेकी जेन साकीलाई ह्वाइट हाउसको प्रेस सचिव नियुक्त गरिएको छ ।
बाइडेनले आफूले ह्वाइट हाउसको संचार टोलीका सबै सदस्यमा महिलाहरुलाई नियुक्त गर्न पाएकामा आफूलाई निकै खुशी र गर्व लागेको बताएका छन् । उनीहरु सबै योग्य, अनुभवी संचार विज्ञ रहेको बताउँदै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले डेमोक्रेटिक पार्टीको प्रतिबद्धतालाई कामबाटै प्रतिबिम्बित गर्न चाहेको बताएका छन् ।
बाइडेनको संचार टोलीको नेतृत्व भने केट बेडिङफिल्डले गर्नेछन् । उनले ह्वाइट हाउसको संचार निर्देशकको रुपमा भूमिका निर्वाह गर्नेछन् । बेडिङफिल्डले बाइडेन–ह्यारिस चुनाव प्रचार अभियानको उप प्रचार व्यवस्थापकका रुपमा सेवा गरेका छन् ।
उनले ह्वाइट हाउसको संचार निर्देशकका रुपमा सेवा गर्ने अवसर प्रदान गरेकामा बाइडेन र ह्यारिस दुबैलाई धन्यवाद दिएका छन् । (रासस–एएनआई)
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १५ मंसिर २०७७, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको आणविक र तेल स्थलमा आक्रमण नगर्न इजरायललाई अमेरिकाको चेतावनी
प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण
इजरायलले गाजा युद्धको व्यवस्थापनमा गल्ती गरिरहेको छ : बाइडेन
सर्वेक्षणमा ६ ठूला राज्यमा बाइडेनभन्दा ट्रम्प अगाडि
अमेरिकी राष्ट्रपतिले भने- ‘विश्वभर स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा छ’