गलकोट । कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ ।
बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले बिहीबार पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले बताए ।
पक्राउ पुर्जी जारीपछि जिल्ला प्रहरी कार्यालय बागलुङले तत्कालीन वडा नं ४ का सचिव प्रेमबहादुर खड्का र कीर्ते नागरिकता लिनका लागि साक्षी बसेका ३० वर्षीय सन्तोष आचार्य पक्राउ परेका छन् । अदालतले वडाध्यक्ष ध्रुवबहादुर केसी, कीर्ते नागरिकता लिने युवकका पिता गुरुदत्त आचार्य र स्थानीय महेन्द्र सापकोटालाई पक्राउ गर्न भनेपछि प्रहरी परिचालन भएको छ ।
फरक अभिभावक बनाएर कीर्ते नागरिकता लिएको आरोपमा बागलुङ नगरपालिका–६ बाट पङ्कज सापकोटालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १२ मंसिर २०७७, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनलाइनबाट नागरिकता सिफारिस
जुम्लामा अनलाइनबाटै नागरिकता सिफारिस
संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउँछौ: गृहमन्त्री लेखक
नागरिकता र राहदानी लिनेको संख्या बढ्यो
काभ्रेमा नागरिकता : २६ मुद्दा, नौ वटा नक्कली रद्द
९० वर्षीया वृद्धालाई घरमै पुगेर नागरिकता