विवेकशील साझा पार्टीले राष्ट्रपति निर्वाचनमा भाग नलिने

मंगलबार, २९ फागुन २०७४, ११ : ३२
विवेकशील साझा पार्टीले राष्ट्रपति निर्वाचनमा भाग नलिने

काठमाडौँ । विवेशशील साँझा पार्टीले आज हुने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।

तीन नम्बर प्रदेश सभाका संसदीय दलका नेता रमेश पौड्यालले विज्ञप्ति जारी गर्दै पार्टीको २८ फागुन मा बसेको संसदीय दलको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको जानकारी दिएका हुन् ।

राष्ट्रपतिको भूमिका तटस्थ हुनु पर्नेमा राष्ट्रपतिका कतिपय निर्णयहरु पदीय मर्यादा र सीमाभन्दा बाहिर गएको प्रस्टै देखिने पार्टीले आरोप लगाएको छ ।

राष्ट्रपतिको उमेदवारहरुलाई हेर्दा जो सुकै विजयी भएपनि दलीय प्रभावबाट मुक्त रही कार्यसम्पादन गर्ने सम्भावना अत्यन्तै न्यून देखिएको भन्दै पार्टीले मत नहाल्ने निर्णय गरेको खुलाएको छ ।

विज्ञप्तिमा भनिएको छ,
संसदीय लोकतन्त्रमा संवैधानिक राष्ट्रपतिको भूमिका तटस्थ, निश्पक्ष र दलीय आग्रहभन्दा माथि हुनु पर्दछ। तर हाम्रो सन्दर्भमा राष्ट्रपतिका कतिपय निर्णयहरु पदीय मर्यादा र सीमाभन्दा बाहिर गएको प्रस्टै देखिने गरेको छ।

प्रमुख दल वा तीनका गठवन्धनले दलीय आग्रहभन्दा माथि उठेर राष्ट्रपति, उपराष्ट्रपति पदमा राष्ट्रिय व्यक्तित्वलाई अघि सार्नुको सट्टा आफ्नो दल र त्यस भित्र पनि निश्चित गुटको सन्तुलनलाई ध्यान दिई उमेदवार तय गर्ने परिपाटी विकसित भएको छ। अहिले दलहरुले अघि सारेका राष्ट्रपतिको उमेदवारहरुलाई हेर्दा जो सुकै विजयी भएपनि दलीय प्रभावबाट मुक्त रही कार्यसम्पादन गर्ने सम्भावना अत्यन्तै न्यून देखिएको छ ।

प्रतिक्रिया दिनुहोस