नारायणी नदीमा हामफालेकी युवतीको यसरी भयो सकुशल उद्धार

सफल खबर संवाददाता

शुक्रबार, २८ कार्तिक २०७७, १४ : ५९
नारायणी नदीमा हामफालेकी युवतीको यसरी भयो सकुशल उद्धार

चितवन । चितवनको नारायणगढस्थित नारायणी नदीको पुलबाट हामफालेकी एक युवतीको सकुशल उद्धार भएको छ । 

वडा प्रहरी कार्यालय नारायणगढको प्रहरी टोलीले युवतीको उद्धार गरेको थियो । केहीबेरअघि नारायणी नदीबाट युवती हामफालेको जानकारी आएपछि वडा प्रहरी कार्यालयबाट नारायणगढबाट प्रहरी निरीक्षक रघु बिष्टको कमाण्डमा खटिएको उद्धार टोलीले  २२ वर्षकी युवतीलाई सकुसल उद्धार गरेको थियो ।

युवतीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस