काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अनुगमन भ्रमणका लागि सङ्खुवासभा पुगेका छन् । दोश्रो पटक गरिएको मृगौलाको शल्यक्रिया पछि प्रधानमन्त्री ओली पहिलो पटक भ्रमणका लागि उपत्यका बाहिर गएका हुन् ।
प्रधानमन्त्री ओलीको भ्रमणका लागि बिहान ९ बजे हेलिकप्टरबाट संखुवासभा पुगेका छन् । उनी अहिले सीमा नाका किमाथाङ्कामा रहेका छन् । ओलीले उत्तरी नाका किमाथाङ्कामा स्थापना गरिएको सीमा सुरक्षा पोस्ट (बीओपी)को निर्माणधीन भवन, भन्सार कार्यालय र सुख्खा बन्दरगाह लगायतको अवलोकन गर्दैछन् ।
ओलीले राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोशी व्यापारिक राजमार्गको अनुगमन गर्ने, भोटखोला च्याम्ताङ राजमार्ग किमाथाङ्का छिचोल्नका लागि नेपाली सेनाले तयार गर्दै गरेको सडक र अस्थायी क्याम्प लगायतको अनुगमन गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमन गर्ने तय भएको छ । ओली साढे ३ बजेसम्म सङ्खुवासभा बसेर काठमाडौँ फर्कने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ कार्तिक २०७७, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्युयोर्कमा मोदीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता तय
नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी
प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर दिए शुभकामना
नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ : प्रधानमन्त्री ओली
इपिजीको प्रतिवेदन भारतले बुझ्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई