काँग्रेस संसदीय दलद्वारा सीता महराको निधनप्रति दुःख व्यक्त

रासस

बुधबार, १९ कार्तिक २०७७, १८ : ५९
काँग्रेस संसदीय दलद्वारा सीता महराको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले पूर्वसभामुख एवं प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी धर्मपत्नी सीताको निधनप्रति दुःख व्यक्त गरेको छ । 

उनको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।  

काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस