विकास र समृद्धि वातावरण मैत्री हुनुपर्छ : मन्त्री जम्मरकट्टेल

शनिबार, २६ फागुन २०७४, १७ : ३६
विकास र समृद्धि वातावरण मैत्री हुनुपर्छ : मन्त्री जम्मरकट्टेल

भरतपुर : प्रदेश नं ३ का गृह मन्त्री शालिकराम जम्मरकट्टेलले स्वच्छ र सफा वातावरण निर्माण नभएसम्म सचेत नागरिकको परिचय दिन नसकिने बताए । भरतपुर महानगरपालिकाको वडा नं ११ लाई पुर्ण सरसफाईयुक्त वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसका लागि आफ्नो घर देखि शुरु गर्नुपर्ने बताए । “वातावरणसगँ हाम्रो हरेक कुरा जोडिएको छ ,सफा र सभ्य समाज निर्माण गर्नु हाम्रो दायित्व हो ” उनले हाम्रो परिचय बनाउन सबै जना एक भएर लाग्नुपर्ने बताए ।  मन्त्री जम्मरकट्टले देश संघियता गएकाले जनताले विकास र समृद्धिको अनुभव गर्ने समय आएको धारणा राखे । हामीले प्रदेशको नीति तथा कार्यक्रममा शासन व्यवस्था प्रति जनता, सुरक्षा निकायको विश्वास गर्ने वातावरण निर्माण गर्ने विषयलाइ प्रमुख एजेण्डा बनाएको जानकारी दिए ।

त्यस्तै उनले जनतालाई सेवा दिने विषयमा अबको शासन व्यवस्थालाई कसरी बैज्ञानिक बनाउन सकिन्छ भन्ने बारे गम्भिर  ध्यान दिईएको बताए । मन्त्री जम्मरकट्टेलले अहिलेको संरचनाबाट जनतालाइ सेवा दिन कठिन भएकाले अब बन्ने नीति र पुर्वधार वातावरण मैत्री हुने उनको भनाई थियो । त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभासद विजय सुवेदीले अब सरसफाईमा सधै निरन्तरता दिनुपर्ने सुझाव दिए । जसले अहिले फोहर गर्नु हुन्छ उनीहरुलाई सचेत बनाउन अगाडी बढ्नु पर्ने बताए । उनले भने अब सफा सुघर भएन भने आफ्नै घरमा बस्न गारो हुने दिन आउने धारणा राखे ।

कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी मेयर प्रमुख रेनु दाहालले सरसरफाई युक्त घोषणा भन्दा यसलाई निरन्तरता दिनुपर्ने विषय महत्वपुर्ण रहेको बताईन । वडा नं। ११ पुर्ण सरसफाईयुक्त वडा घोषण हुदाँ उत्सहा थपिएको भन्दै उनले भरतपुर महानगरका २९ वडालाई सरसफाई युक्त घोषणा गर्न सके स्मार्ट सिटि निर्माणमा सहयोग पुग्ने बताईन । कार्यक्रममा भरतपुर ११ का स्थानियको उल्लेखिय सहभागिता रहेको थियो । भरतपर महानगरपालिकाका वडा अध्यक्षहरुको उपस्थिती रहेको सो कार्यक्रम वडा अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
 

प्रतिक्रिया दिनुहोस