काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको यसवर्षको दशैँका कार्यक्रम प्रभावित भएका छन् । विदेश वर्षहरुमा निर्मल निवासमा टीका प्रदान गर्नुका साथै दशैँभर विभिन्न शक्तिपिठको भ्रमण हुने गरेकोमा यसवर्ष सबै कार्यक्रम रद्ध गरिएको उनको सचिवालयले जनाएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट संवाद सचिव फणि पाठकले शनिबार एक विज्ञप्तिमार्फत कोरोनाको असहजताका स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई कायम राख्दै दशैँ पर्व शान्त, शालीनता र सादगी रुपमा मनाउने निर्णय लिएको बताएका छन् ।
साथै शाहले महाअष्ठमीका दिन विभिन्न शक्ति पीठहरुको दर्शन गर्ने र विजया दशमीका दिनमा टीका प्रदान गर्ने कार्यक्रम नहुने तय भएको पाठकले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ कार्तिक २०७७, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजावादी आन्दोलनको कमाण्डर फेर्ने तयारीमा पूर्व राजा ज्ञानेन्द्र शाह
पूर्वराजा ज्ञानेन्द्रलाई महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र
पूर्व राजाले बुझ्न मानेनन् महानगरपालिकाको जरिवाना पत्र
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा, समर्थकले गरे स्वागत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन