काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोेकको रोशी गाउँपालिका–६ हिमालयन माविमा विद्यालय भवन मर्मतको रकम दुरुपयोग गरेको अभियोगमा तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता तानाराथ अधिकारीका अनुसार उनीहरुलाई मर्मतका लागि प्राप्त रु सात लाख ८४ हजार ४४६ बराबरको रकम दुरुपयोग गरेको अभियोग लगाइएको छ । आयोगले सो गाँउपालिकाका इञ्जिनीयर निर्मल लामा, हिमालयन माविका प्रधानाध्यापक बोधनाथ उप्रेती, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेवाङ लामाले कामै नगरी सरकारी स्रोतबाट प्राप्त रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको पाइएको जनाएको छ ।
यस्तै, आयोगले आजै नेपाल टेलिकम वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय छाउनीबाट गरिएको लीलामा अनियमिता गरेको अभियोगमा थानकोट स्टोरमा कार्यरत वरिष्ठ सहायक रामचन्द्र लामिछानेविरुद्ध रु ८६ लाख ८८ हजार १३२ बराबरको बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले कूल ९७९ वटा व्याट्री अवैध तरिकाले हानीनोक्सानी पु¥याएको पाइएको आयोगले जनाएको छ ।
आयोगले आजै धनुषको जनकपुरधाम उपमहानगरपालिका १३ का कार्यालय सहयोगी दिलिपकुमार पन्जियारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नागरिकताको प्रमाणपत्र सिफारिस गरेवापत उनले सेवाग्राहीसँग रु २४ हजार घुस लिएको अभियोग छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २९ असोज २०७७, २१ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पशु शाखा प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जनकपुर टुडेका प्रधान सम्पादक यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा कोशी अस्पतालका रेडियोग्राफरविरुद्ध भ्रष्टाचार मुद्दा
नक्कली प्रमाणपत्र पेस गर्ने प्रशिक्षकविरुद्ध मुद्दा दायर
बी.पी. कोइराला क्यान्सर अस्पतालका वरिष्ठ सहायकविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारलाई हर्क साम्पाङको जवाफ: श्रमदान अभियानको खेदो नखन्नु, तिर्खाएका मानिसहरूको श्राप लाग्ला